काठमाडौं, पुस ५: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक पुस २० गतेदेखि बस्ने भएको छ।
नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वाय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तवामा पुस २० गते केन्द्रीय समितिको बैठक राख्ने निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए।
मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठक जारी छ। जारी बैठकमा शनिबार महासचिव विष्णु पौडेलले धारणा राखेका छन्।
बैठक आजै टुंग्याउन नेकपाको तयारी रहेको छ। नेकपाको केन्द्रीय समिति ४ सय ४५ सदस्य छन्। यसअघि २०७५ जेठ ३ गते बैठक बसेको थियो।