नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2020 Aug 13 | 01:32 pm 1583

काठमाडौं, साउन २९ः लामो समय संवादहीन भएका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ ।

अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेर दुवै अध्यक्षबीच छलफल गरी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफल पार्टीको शीर्ष तहमा चर्किएको विवादको समाधानका विषयमा केन्द्रित रहेको जनाइएको छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले ५ दिनभित्र नेकपामा चमत्कार हुने भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।

पार्टी विभाजनको दिशातिर गएको भन्दै नेकपा नेता तथा कार्यकर्ताहरूमा चिन्ता बढिरहेका बेला प्रधानमन्त्रीको नेकपा फुट्दैन भन्ने अभिव्यक्ति र लगत्तै भएको दुवै अध्यक्षबीचको भेटले सकारात्मक सन्देश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.