नुहाउन गएका एक वृद्ध मृत फेला

रिपोर्ट नेपाल | 2020 Apr 10 | 08:23 am 2215

कञ्चनपुर,  चैत २८ः जिल्लाकाे लालझाँडी गाउँपालिका वडा नम्बर २, कञ्जका एक वृद्ध मृत फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय फगिरा राना नाम गरेका वृद्ध रहेका छन् ।

बिहीबार नुहाउन भनेर घरबाट नजिकैकाे दोदा नदीतर्फ निस्केका वृद्ध मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रण बहादुर चन्दले  जानकारी दिए ।

मृतककाे शव पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको निरिक्षक चन्दले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.