नुवाकोट कांग्रेसले सात विभाग बनायो

| 2019 Aug 16 | 10:39 am 4979

नुवाकोट, साउन ३१: नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले विधानले दिएको अधिकार अनुसार विभाग गठन गरेका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (परिमार्जित २०७६) को परिच्छेद ३ को १२ (७) ले दिएको अधिकार र जिल्ला कार्य समितिको सल्लाह बमोजिम विभाग गठन गरिएको सभापति केसीले बताएका छन् ।

गठित विभाग मध्ये स्वास्थ्य विभाग उपेन्द्र कुइकेलको संयोजकत्वमा गठन गरिएको छ । त्यस्तै शान्ति सुरक्षा तथा प्रशासन विभागमा बिन्दा अर्याल, सूचना संचार तथा प्रचार प्रसार विभागमा राजु थापा, शिक्षा विज्ञान तथा प्रविधि विभागमा झवरप्रसाद यादव, प्रदेश तथा स्थानीय निकाय विभागमा महेन्द्र थिङ, भाषा कला साहित्य तथा संस्कृति विभागमा सिता खड्का, उद्योग व्यापार तथा आपूर्ति विभागमा विष्णु गुरुङलाई तोकिएको छ ।

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.