काठमाडौं, भदौ २१: नेपाली कांग्रेस नुवाकोटले आगामी शनिबार दुई प्रतिभालाई सम्मान गर्ने भएको छ । नेपाली कांग्रेस नुवाकोटका सभापति एवम् पूर्वसभासद् जगदिश्वरनरसिंह केसीका अनुसार दुई यूवाले देशलाई चिनाउने काम गरेकाले सम्मान गर्न लागिएको हो ।
सम्मान हुनेमा गिनिज वल्ड रेकर्डमा विश्वकै सबैभन्दा लामो वक्तव्य दिन सफल अनन्तराम केसी र विश्व च्याम्पियनसिप तेक्वान्दो प्रतियोगितामा तेस्रो हुन सफल बासु भट्ट रहेका छन् ।
नेपाली कांग्रेसका केनद्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले केसी र भट्टलाई सम्मान गर्ने भएका हुन् ।
२३ गते बालाजुको नागार्जुन पार्टी प्यालेसमा दिनको साढे एघार बजेका लागि कार्यक्रम तय गरिएको छ । त्यस्तै नुवाकोट महिला संघको पनि सोही दिन हरितालिकाको शुभकामना आदान प्रदान गर्ने भएको छ ।