नुवाकाेटकाे दुई स्थानमा बम विस्फाेट

| 2019 May 27 | 01:06 pm 2397

नुवाकोट, जेठ १३: नुवाकोटस्थित दुई नगरपालिका क्षेत्रमा बम बिस्फोट भएको छ । बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ कोल्पु खोला नजिकै पेट्रोल बम विस्फोट भएको छ । साे बम सडकको भित्तामा राखेको अवस्थामा सेना र प्रहरीको टोलीले हेर्दाहेर्दै पड्किएको  जनाए । स्थनीय प्रत्यक्षदर्शी केशव जम्कट्टेलले दिएकाे जानकारी  अनुसार सेनाको टोलीले उक्त विस्फोट भएको बस्तु पेट्रोल बम भएको जनाएको छ ।पड्कीने बित्तीकै त्यहाँ  आगो बलेपछि भाग्न खोज्दा दुईवटा मोटरसाइल बम भएको नजिकै पल्टिएका बताए ।

यस्तै गरी अर्काे स्थान विदुर नगरपालिका वडा नम्बर ५ काे वडा कार्यालय मुनी सडकमा पनि विस्फोट गराएकाे छ । विदुर नगरपालिकाका नेकपाका युवा नेता युद्धव पनेरूका अनुसार विस्फोटबाट कुनै क्षति बताए । बिस्फोट लगत्तै स्थानीय र प्रहरी घटनास्थलमा पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.