निसास्सिएर एकै परिवारका तीनको मृत्यु

| 2021 Dec 02 | 08:11 am 1065

दोलखा, मंसिर १६ः दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा निसास्सिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति १० बजेतिर निसास्सिएर श्याम तामाङ, उनको श्रीमती अम्बिका तमाङ र पाँचदिने नाबालक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

घट्नाको प्रकृति हेर्दा ढोका या झ्याल खोल्ने प्रयत्न भएको नदेखिएकाले उनीहरु निदाएकै अवस्थामा निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

भूकम्पपछि बनाएको एकतले घरमा सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धूँवाले निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । मृतक श्यामको घरमा बुधबार बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरुलाई मृत अवस्थामा देखेका थिए ।

त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । घट्नाका बारेमा थप अनुसन्धान भइरहेको घट्नास्थलबाट प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.