निशानलाई अपहरण गरी हत्या गर्ने अपहरणकारी इन्काउन्टरमै मारिएका हुन् : गृहमन्त्री थापा

| 2018 Aug 10 | 03:22 pm 1838

चितवन, साउन २५ : ११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । आज शुक्रबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री थापाले उनीहरु प्रहरी इन्काउनटरमा नै मारिएको दाबी गरेका हुन् ।

नेपाली सेनाको हेलीकोप्टरबाट प्रहरीको जुनियर अधिकृतको दिक्षान्त समारोहमा प्रमुख अथितिका रुपमा भरतपुर पुगेका विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले अपहरणकारीलाई २४ घन्टामा निस्तेज पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्ला मात्र भएको दाबी गरे ।

उक्त सम्मेलनमा बोल्दै अब सुन काण्डबारे नयाँ टिमले थप अनुसन्धान गर्ने पनि गृहमन्त्री थापाले बताए । सुनकाण्डबारे छानबिनको धेरै काम टुङ्गिएको र बाकीँ काम अब अर्को टिमले गर्ने बताए  । गृह मन्त्री थापाले भने, ‘कर्मचारी सरुवा नियमित पक्रिया हो। छानविनमा असर पर्दैन, छानविनको प्रकृया करिब टुङ्गिइसकेको छ। केहीकाम बाँकी छ।’ सुन तस्करीको मुद्दा अदालतबाटै निर्णय हुने समेत उनले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.