निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँने

रिपोर्ट नेपाल | 2019 Oct 31 | 09:58 am 2107

काठमाडौं, कात्तिक १४: संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँने भएको छ ।

उनी धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने भन्ने विषयको टुंगो लाग्ने बुझिएको छ । धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने अदालत स्रोतले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए ।

एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा गत असोज १९ मा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो ।

तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.