निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासबाट सरे

रिपोर्ट नेपाल | 2022 Dec 28 | 02:05 pm 1537

काठमाडौं, पुस १३ः निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटारस्थित सरकारी निवासबाट सारेका हुन् ।

बूढानीलकण्ठस्थित निजी निवास हाल मर्मत भइरहेकाले उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेकाे उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनी २०७८ साल असार २८ गते पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.