काठमाडौँ १ असार / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनकपुरधाममा शनिबार नेपाल प्रेस युनियन, धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेको निर्वाचन प्रणालीले विकास मात्रै नभएर राजनीतिक स्थायित्व पनि दिन नसक्ने बताए।
अहिलेको निर्वाचन प्रणालीबाट कुनै एक दलको सरकार बन्ने सम्भावना छैन, राजनीतिक स्थायित्वविना विकास सम्भव छैन, कोइरालाले भने, त्यसैले निर्वाचन प्राणालीमा परिवर्तन गरेर अगाडि जानुपर्छ।
राजनीतिमा अपराधिकरण बढिरहेको नेता कोइरालाले बताए। राजनीतिकर्मी, कर्मचारीतन्त्र र व्यवसायी एकै ठाउँमा उभिए भने राजनीतिमा अपराधिकरण हुन्छ, अहिले खतरानक अवस्था सिर्जना भएको छ डा कोइरालाले ।
डा कोइरालाले सहकारी र मिटरब्याजको समस्या देशै भर रहेको बताए । यसबाट लाखौं जनता प्रभावित भएकाले समस्याको समाधान निकाल्नुपर्नेमा उनले जोड दिए।