निर्माणाधिन कारखाना भवनबाट खसेर एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 03 | 12:23 pm 1955

दाङ, कात्तिक १७: काम गर्ने क्रममा निर्माणाधिन भवनबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेशका वर्ष ४५ वर्षीय रमेश कुमार पटेल रहेका छन् ।

शनिबार साँझ करिब ६ः३० बजेको समयमा दाङ घोराही उपमहानगरपालिका ३ स्थित रहेको सगरमाथा सिमेन्ट कारखानाको भवन निर्माण गर्न भवनको फर्मा बनाउने क्रममा खसेका थिए ।

भवनबाट खसी टाउकोमा गम्भीर चोट लागी घाईते भएका उनको उपचारका लागी मेडिकल कलेज कोहलपुरमा पठाईएकोमा उपचारको क्रममा राति १०ः२५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिए । मृतकको शव सोही मेडिकल कलेजको शव गृहमा रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.