डीएनए परीक्षणका लागि नमुना अमेरिका पठाइने

| 2019 Feb 19 | 04:58 pm 1836

काठमाडौं, फागुन ७ : कञ्चनपुर भीमदत्तनगर–२ कि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए जाँचको लागि अमेरिका पठाउने तयारी सुरु भएको छ । डीएनएको वैधानिकतामै प्रश्न उब्जिएका वेला परीक्षणका लागि अमेरिका पठाउन आवश्यक प्रक्रिया सुरु गरेको स्रोतले जनाकारी दियो ।

निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाणका रूपमा रहेको ‘ईलेक्ट्रोफेरोग्राम’ परीक्षणमा प्रश्न उठेपछि त्यसको जाँचका लागि अमेरिका पठाउन थालिएको हो ।

प्रहरीको विधि विज्ञान प्रयोगशालामा ‘अटोसोमल एसटीआर’ निकाल्ने उपकरण मात्रै रहेको र अन्य उपकरण नरहेपछि विस्तृत रिपोर्टका लागि अमेरिकाको ल्याबमा पठाउन लागिएको हो ।

प्रहरीको प्रयोशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरूले बताउँदै आएका छन् । नमुना निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको प्रहरी अधिकारीको तर्क छ । निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गरिएको थियो ।

गत साउन १० गते साथीको घरमा निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भए पनि हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.