निर्मला पन्तका वास्तविक हत्यारालाई सार्वजनिक गर्नु पर्ने कांग्रेसको माग

रिपोर्ट नेपाल | 2018 Aug 22 | 04:17 pm 5160

कञ्चनपुर, भदौ ६ : नेपाली कांग्रसे कञ्चनपुरले  १३ वर्षीय बालिका ‘निर्मला पन्त’का वास्तविक बलात्कारी र हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग गरेको छ । बुधबार प्रेस विज्ञप्ति निकाल्दै भीमदत्त नगरपालिका २ की बालिका पन्तका वास्तविक हत्यारालाई सर्वाजानिक गर्नु पर्ने माग राखेका हो ।

वास्तविक हत्यारालाई सार्वजनिक नगरे भोलिको दिनमा प्रदर्शन चर्किँदै जाने हुनाले सरकारलाई समयमा नै जिम्मेवारी एवम् सजग ढङ्गले प्रस्तुत हुन आग्रह गरेका छन् । प्रहरीले ‘नक्कली’ अभियुक्तलाई सार्वजनिक गरेर वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीय सर्वसाधारण र विद्यार्थीलेको प्रदर्शनले कञ्चनपुरको वातावरण दिन प्रतिदिन अशान्त बन्दै गएकोमा  कांग्रस कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको समेत जारी विज्ञप्ति छ ।

पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै मंगलबार बिहानैदेखि चर्किएको प्रदैशनमा केही विद्यार्थी र सर्वसाधरण घाइते भएका हुनेले उनीहरुको उपचारका लागि सरकार व्यवस्था गर्नु पर्ने माग राखेका छन् ।  यदि सरकाले उनीहरुकाे मागकाे बेवास्ता गरे यसबाट हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार हुनुपर्ने चेतावनी समेत दिएको छ ।

अाज कञ्चनपुर गेट अगाडिविद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।  प्रदर्शन नियन्त्रणमा लिनका लागि  प्रहरीले  ५ राउन्ड अश्रुग्यास प्रहार गरेको थिए । प्रदर्शनमा प्रहरी र विद्याथीबीच झडप हुँदा केही विद्यार्थी घाइते समेत भएका  छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.