निर्मला पन्तका अभिभावकद्वारा धर्ना कार्यक्रम स्थगित

रिपोर्ट नेपाल | 2019 Feb 22 | 03:38 pm 1974

कञ्चनपुर,फागुन १० : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तका अभिभावकले विगत तीन महिनादेखि गर्दै आएको धर्ना कार्यक्रम शुक्रबारदेखि स्थगित गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि निर्मलाका बुबाआमाले धर्ना स्थगित गर्ने निर्णय गरेका हुन्।

ज्येष्ट महिला दिलमाया खरेल र कन्या आरोसी चन्दले निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई जुस खुवाएर धर्ना स्थगित गरेको अधिकारर्मी सारदा चन्दले बताइन्। स्वास्थ्य उपचारका लागि निर्मलाका आमाबुवा शुक्रबार साँझ चार बजे काठमाडौं जाने उनले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालय अगाडि ३ महिनाअघि देखि न्याय माग्दै धर्नामा बस्दै आएका पन्त परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर धर्ना स्थगित गरेको उनले बताइन। निर्मला पन्तको हत्या भएको सात महिना हुँदा पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको साउन १० गते हत्या भएको थियो भने ११ गते उनको शव उखुबारीमा भेटिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.