निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा मानव सांग्लोसहित प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Dec 06 | 06:26 pm 2180

कञ्चनपुर, मंसिर २० :  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालीका २ खोल्टीकी १३ वर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै बिहीबार महेन्द्रनगरमा विरोधस्वरुप मानवसाङ्लो बनाई विरोध प्रदर्शन गरिएको छ।

नागरिक संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनमा स्थानिय बासिन्दा, अधिकारकर्मी विद्यार्थी लगायतको सहभागिता रहेको थियो। महेन्द्रनगर बजारका भानु चोक, मदन चोक, दशरथ चोक लगायतका क्षेत्रमा मानव साङ्लो बनाई विरोध प्रदर्शन गरिएको छ।

मानव साङ्लोमा विद्यालय पोशाकमै सहभागी विद्यार्थीहरुले साङ्लो तोडेर हत्यारा लुकाउन पाईदैन, निर्मलाका हत्यारा सार्वजनिक गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाउदै प्रदर्शन समेत गरेका छन्।

नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले निर्मलाले न्याय नपाउँदासम्म संघर्षका कार्यक्रम जारी रहने बताइन्। यस पछिका संघर्षका कार्यक्रम बैठक बसेर तय गरिने उनले बताईन।

बुधवार संघर्ष समितिले दिउसै टर्च बालेर महेन्द्रनगर बजारमा निर्मलाको न्यायका लागि विरोध प्रदर्शन गरेको थियो। यस अघि महिला अधिकारर्मीहरुले टाउकोमा कालो पट्टि बाँधेर सडकमा सुतेर न्याय मागेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.