काठमाडौँ फागुन ६: ओली र दाहाल दुवै पक्षले सुर्य चिन्ह माथि दावा गरेपछि निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको बुझिएको छ ।
एकआपसको जुँगाको लडाइको कारण प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच देखिएको पार्टी आधिकारिकता विवाद झन् पछि झन् पेचिलो बन्दै गएपछि आयोगले विभिन्न पाँच विकल्पमा छलफल थालेको श्रोतले बताएको छ। आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन कार्यक्रमलाई समेत ध्यान दिँदै छलफल अघि बढाएको जानकारी दिए पनि उक्त्त मितिमा निर्बाचन नहुने कुरामा दुइमत छैन तर आयोग भने चुनाब गर्ने भन्दै तरखर गरिरहेको छ ।
निर्बाचन आयोगले दुवै समुहलाई यसअघि सारेको पहिलो विकल्पअनुसार दिएको निर्णयमा अडिग रहने मनसाय बनाएको बुझिएको छ । आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिकता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत आयोगभित्र आयुक्त्तहरु बीच बलियो छ ।
जस अनुसार पुस ५ गते प्रतिनिधिसभा विघटनसँगै नेकपामा विवाद प्रारम्भ भएको हुनाले माघ २० गते दाहाल–नेपाल पक्षले गरेको आधिकारिकता दाबी पनि हदम्याद समाप्त भएपछि आएको आयोगले ठहर गरेको बताइन छ।