निर्देशक प्रकाश भट्टलाई पितृशोक

रिपोर्ट नेपाल | 2023 Aug 03 | 02:27 pm 3429

काठमाडाैं, साउन १८ । चर्चित म्युजिक भिडीयाे निर्देशक प्रकाश भट्टलाई पितृशोक परेको छ ।

निर्देशक भट्टका ८७ वर्षिय बुवा डालप्रसाद भट्टको सतु‌ंगलमा रहेको निवासमा आज विहान निधन भएको हो । दुई श्रीमती,  ५ छाेरा र ३ छाेरी भएका भट्टको पशुपति आर्यघाटमा अन्तिम स‌ंस्कार गर्ने कार्यक्रम रहेको परिवार स्राेतले बताएको छ ।

भट्टको निधनप्रति वरिष्ठ हास्य कलाकार तथा निर्देशक शिवहरी पाैडेलले गहिरो दु:ख व्यक्त गर्दै एक सच्चा अभिभावक गुमाएको बताएका छन् । त्यसैगरी अर्का निर्देशक तथा कलाकार विनाेद केसीले पचास हजार भन्दा बढी गीतमा निर्देशन गरेका प्रकाश भट्टका बुवा हामी सबैका प्रेरणाका स्राेत भएकाे बताउँदै स्वर्गीय आत्माको चिर शान्तिको कामना गरेका छन् ।

स्वर्गीय डाल प्रसाद भट्टका छाेरा प्रकाशले ड्राइभर दाई मनपर्याे मलाई, भैसी पालेर, साेचे झैं जिन्दगी रैनछ, झमझम झम्कना लगायतका हजाराै गीतका म्युजिक भिडीयाेमा निर्देशन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.