काठमाडौं, असार ३: लोकसेवा आयोगले प्रकाशन गरेको कर्मचारी सम्बन्धी विज्ञापन रद्ध गरेर संवैधानीक प्रकृयाबाट नगरीए कडा आन्दोलन गर्ने अगुवाहरुले बताएका छन् ।

मंगलबार माईतीघर मण्डलामा आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसदका सांसद रामप्रित पासवानले जनजाति, दलित, मुस्लिम र मधेसी लगायतका शक्तिलाई वेवास्ता गरी गैह्र संवैधानीक किसिमबाट ल्याइएको विज्ञापन रद्ध गर्न सरकार समक्ष माग गरेका छन् ।
समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित प्रकाशित विज्ञापन रद्ध नगरिएर सरकारलाई महंगो सावित हुने चेतावनी पनि पासवानले दिएका थिए । सरकारले आफूहरुको जायज मागलाई वेवास्ता गरी शान्तिपूर्ण आन्दोलनलाई कमजोर ठाने यसपछि हुने परिणाम भोग्न तयार रहन पनि पासवानले चुनौती दिए ।
संविधानलाई कुल्चदै संघीय सरकारले प्रादेशीक अधिकारको घाँटी निमोठेको आरोप लगाउँदै जति सक्यो छिटो रद्ध गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा नेपाल शेर्पा संघ, किरात राई यायोख्खा केन्द्रीय समिति, दलित महिला संघ, संघीय शेर्पा संघ तगायतका विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो ।