निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

रिपोर्ट नेपाल | 2018 Jul 19 | 06:31 am 1810

काठमाडौँ, साउन ३: सर्वोच्च अदालतले कर्जा सुरक्षण विकास कोषका प्रमुख कार्यकारी अधिकृत विजयबाबु मिश्रलाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज प्रमुख कार्यकारी अधिकृत मिश्रलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।

आदेशमा सुनुवाइको मौकासमेत नदिईकन हटाइएको हुनाले पदमुक्त गर्दा मिश्रलाई अपूरणीय क्षति पुग्ने भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत असार २८ गते कर्जा सुरक्षण कोषका कार्यकारी निर्देशक मिश्रलाई पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले आजका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.