निरंकुशता लादेर हिन्दु राष्ट्र नराखे विद्रोह हुने

| 2018 Dec 19 | 05:16 pm 1843

काठमाडौं, पुस ४ :  गत शनिबारदेखि संचालित नेपाली काँग्रेसको महासमितिको बैठकमा नेतृत्वले आफू खुशी विधान ल्याएमा प्रतिकार गर्ने तयारी भएको बुझिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार देशभरबाट आएका सभापति मध्ये झण्डै चार दर्जन जिल्ला सभापतिको बुधबार अपरान्ह बसको गोप्य भेलाले उक्त निर्णय गरेको हो ।

भेलामा समावेशीका नाममा आफ्नालाई काखी च्याप्‍ने प्रवृत्तिलाई निरुत्साही पार्न समावेशीबाट चयन हुने सदस्य एक पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न दबाव दिने विषयमा छलफल भई निर्णय भएको बुझिएको छ ।

गएको निर्वाचनमा नेतृत्वबाट भएको आफूखुसी टिकट वितरण प्रकृयालाई रोक्न विधानमा जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचनको टिकट वितरण गर्न जिल्ला, प्रदेश र केन्द्रीय संसदीय बोर्ड गठन प्रकृया राख्नुपर्ने अडान पनि राख्‍ने निर्णय भएको छ ।

भोली बिहिबारदेखि सानेपास्थित पार्टी कार्यालयमा चल्ने महासमिति बैठकमा हिन्दुराष्ट्रका बारे बहस गराउन केन्द्रीय सदस्य शंकर भण्डारी र पूर्वसांसद शंकर पाण्डे लगायतका नेताले चलाएको हस्ताक्षर अभियानमा सात सय पन्ध्र महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

शुक्रबारसम्म समापन गर्ने लक्ष्य लिएको महासमिति बैठकमा आफ्नो विचार राख्‍ने सदस्यलाई पनि काँटछाँट गरिएको छ । विगत देखि वर्तमानसम्म नेपाली काँग्रेसका नेताको चरित्र बुझेका र आफ्नो विरोध गर्न सक्ने भन्दै कैयौं सिनियर नेतालाई आफ्नो भनाई राख्‍न दिइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.