काठमाडाैं, चैत १९ः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले स्याङ्जा निवासी कांग्रेसका जुझारू नेता सूर्य रेग्मीकाे निधन प्रति समवेदना प्रकट गरेका छन् ।
नेता पाैडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै समवेदना दिएका हुन् । उक्त विज्ञप्तिमा उनी विद्यार्थी अवस्था देखिनै लाेकतन्त्र र समाजवादकाे आदर्शबाट प्रेरित भई स्याङ्जा जिल्लालाई सशक्त रूपमा अघि ल्याउन समर्पित रहेकाे बताएका छन् ।
रेग्मीले राजनीतिमा त्याग, बलिदानकाे दृष्टान्त प्रस्तुत गरेर गएकाे र त्याे नेपालका नयाँ पुस्ताका लागि प्रेरणादायी रहने जनाएका छन् ।
नेता पाैडेलले उनकाे निधनले नेपाली कांग्रेस र नेपालकाे प्रजातान्त्रिक समाजवादी आन्दाेलनमा ठूलाे क्षति पुगेकाे बताएका छन् ।
साथै, यस दुःखद् घडीमा उनकाे अमर आत्माकाे चीर शान्तिकाे कामना गर्दै सम्पूर्ण शाेक सन्तप्त परिवारजन तथा स्याङ्जा कांग्रेस सहितमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
विज्ञप्ति
