काठमाडौं, असाेज १२: नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ। हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन्।
सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने सबैभन्दा बढी छ। पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत छ। त्यसपछि तेस्रोमा माल्दिभ्स छ। त्यहाँ निको हुने दर ८६.६ प्रतिशत छ। त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधि प्रयोग गरिरहेको हुन सक्ने बताउँछन्। बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन्। त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ’, डा. मरासिनी भन्छन्। अन्नपूर्ण पाेस्ट दैनिबाट