काठमाडौं, फागुन २४ : आज संसारभरका महिला दिदीबहिनीले अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुपमा मनाइरहेका छन् ।

यसै सन्दर्भमा नेपालमा पनि “लैगिंक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार” भन्ने मुल नाराका साथ देशभर मनाइदैछ । नारी दिवस मनाउने सन्दर्भमा आज विहान काठमाडौंको भृकुटीमण्डपबाट विशाल प्रभातफेरीको आयोजना गरिएको थियो ।
विभिन्न संघ संस्थालगायत जातजातिका महिलाहरुको ठूलो संख्यामा निकालिएको प्रभातफेरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैण्डबाजा सहित शहर परिक्रमा गरिएको थियो ।
नेपाल प्रहरी श्रीमती महिला परिवार, सशस्त्र प्रहरी, नेपाल प्रहरीका महिलाहरुकोसमेत प्रभातफेरीमा सहभागिता रहेको थियो ।
