नारा जुलुस गर्ने मानिस प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Aug 02 | 03:57 pm 5849

धनकुटा, साउन १८ः आइतबार भेडेटार बजारमा विभिन्न किसिमका नारा जुलुस लगाउँदै हिड्ने मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

म सचेत नेपाली महाअभियान नामक समुहको संयोजक पुण्य प्रसाद प्रसाईको नेतृत्वमा नेपाली झण्डा बोकेर नव निर्माण सेना नामक टिसर्ट लगाएका १० जना मानिसहरुले
सरकार प्रशासन विरोध गर्दै नारा जुलुस लगाएका थिए ।

उनीहरुले जुलुसमा सबै सचेत नेपाली आयो गोर्खाली, नेपाली सेना शक्तिशाली बन, ईन्डियन सेना कालापानी, लिम्पियाधुरा छोड जस्ता नारा लगाएका थिए ।

नारा जुलुस गरेकोमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई ईलका प्रहरी कार्यालय भेडेटारमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.