नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता

रिपोर्ट नेपाल | 2019 Jul 27 | 08:01 pm 2609

चितवन, साउन ११ : शनिबार नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८, सल्लेनीका २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर–१, देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन्। उनी  दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ। नदीमा हामफालेकी गुरुङको खोजीकार्य जारी रहेको बुझिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.