नारायणी नदीको पुलबाट हामफालेर एक बेपत्ता

रिपोर्ट नेपाल | 2021 Aug 24 | 12:40 pm 1521

चितवन, भदाै ८ः भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय  एक जना बेपत्ता भएका छन् ।

विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उनले ती व्यक्ति हामफालेको स्थान  नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.