काठमाडौं , असोज ५ : जल तथा मौसम विज्ञान विभाग अर्न्तगतको बाढी पूर्वानुमान शाखाले नारायणी जलाधार क्षेत्रका स्थानीयलार्इ सतर्कता अपनाउन आग्रह गरेको छ।
आज देशभर मौसमी बदली भएर केही स्थानमा सामान्य वर्षा हुने र नारायणी जलाधार क्षेत्रमा ठुलो वर्षा हुने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।
शुक्रबार बिहान एक सूचना जारी गर्दै पूर्वानुमान शाखाले बिहान छ बजेको मापनअनुसार देशका सबै नदीहरुमा जलसतह सतर्कता तहभन्दा तलै छ र प्राय स्थिर वा घट्दो छ। तर, आज दिउँसो नारायणी जलाधार क्षेत्रमा भारि वर्षा हुने सम्भावना रहेकोले स्याङ्जा, कास्की, तनहुँ, लम्जुङ, गोरखालगायतका जिल्लाका केही स-साना खोलानालामा उल्लेख्य बहाव भर्इ बाढी तथा पहिरोजन्य जोखिम रहेकोले सर्तकता अपनाउन आग्रह गरेको हो।
त्यसैगरी ६ र ७ असोजमा सुदुरपश्चिमका कैलाली र कञ्चनपुरका नदीनालाहरुमा बहाव बढ्नसक्ते भएकोले सर्तकता अपनाउन समेत आग्रह गरेको छ।
बंगालको खाडिमा बनेको साइक्लोनिक स्ट्रोम ‘ डेयी’ (Cyclonic storm “DAYE”) को प्रभावको कारणले यतिबेला नेपाल भरि नै सामान्यदेखी पूर्ण बदलि सहित केहि स्थानहरुमा हल्का वर्षा हुने विभागले जनाएको छ।
