नारायणी अस्पतालबाट १८ जनाले काेराेनालाई जिते

रिपोर्ट नेपाल | 2020 May 25 | 07:59 am 1434

काठमाडाैं, जेठ १२ः गएराति वीरगञ्जको नारायणी अस्पतालबाट काेराेना संक्रमणलाई जितेर १८ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ सय ५ पुगेको छ ।

आइतबार डिस्चार्ज हुने १८ जना सबै एकै परिवारको रहेको बताइएको छ । उनीहरु गत बैशाख २१ गते अस्पताल भर्ना भएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर मदन उपाध्यायका अनुसरा आइतबार एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्केका र उनीहरूकाे २ पटक नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरिएकाे बताए ।

काेराेनाकाे संक्रमणबाट निकाे भएर डिस्चार्ज हुनेमा ७ जना महिला रहेका छन् भने ११ जना पुरुष रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.