काठमाडौं, माघ २२: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नारायणहिटी दरबार परिसरभित्र बनाइएको गणतन्त्र स्मारक भत्काउनुपर्ने बताएका छन् ।
नेपालले गणतन्त्र स्मारक नारायणहिटी परिसरमा नभइ अन्तै बनाउनुपर्ने मत राखेका छन् ।
बुधबार नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहीटीमा गणतन्त्र स्मारक बनाउन हुँदैनथ्यो बनाइयो, त्यो गलत थियो, अब भत्काइदिनुपर्छ, भनेर आफ्ना मत राखेका थिए ।
नेपालमा गणतन्त्र स्थापना भएको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरेको हो ।
२०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले गणतन्त्र स्मारक शिलान्यास गरेका थिए ।
सो स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् ।