नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

रिपोर्ट नेपाल | 2021 Jul 04 | 01:13 pm 2033

चितवन, असार २०: पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानरपालिका वडा नम्बर २९ स्थित सेतीदोभानमा गएको पहिरो हटाएपछि बाटो सुचारु भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार बिहान पौने एघार बजेबाट सडक सञ‍्चालनमा आएको हो।  अविरल वर्षातका कारण उक्त सडक खण्डमा पहिरोले पटकपटक अवरुद्ध भएको थियो ।

नारायणगढ  मुग्लिन सडक संचलानमा आए पनि पृथ्वीराजमार्गको फिस्लिङमा सडक भाँसिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान करिब ११ बजेतिर ३० मिटर लम्बाइ र ५ मिटर चौडाई सडक भाँसिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार एकतर्फी बाटो सञ्चालनमा आएको छ ।  वर्षातका कारण नदीले कटान गरेर सडक भाँसिएको सूचना अधिकारी शिव खनालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.