नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

रिपोर्ट नेपाल | 2020 Sep 24 | 02:52 pm 1899

चितवन, असाेज ८ः लगातार परेकाे पानीका कारण नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्नबाट सडक सञ्चालन भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको छ, भने सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

त्यसैगरी पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए । केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.