नायिका रेखा थापाको हिरो ‘बेवारिसे शवका अभिभावक’ विनयजंग

| 2019 Mar 20 | 08:49 am 2354

काठमाडौं, चैत ६ : चर्चित अभिनेत्री तथा समाजसेवी रेखा थापाले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतको प्रशंसा गर्नुभएको छ । वेवारिसे शव व्यवस्थापनकाे काम गर्दै आएको एक्सन फर सोसल चेन्ज (व्यवस्थापन तथा पुनर्जीवन केन्द्र) नामक संस्थाले  मङ्गलबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा राज्यले गर्नु पर्ने काम बस्नेतको गरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले समाजसेवी बस्नेतलाई हिरोको उपनाम पनि दिनुभयो । ‘हि इज अ हिरो’ थापाले बस्नेतलाई देखाउँदै भन्नुभयो ‘हिरो यता हुनुहुन्छ ।’ उहाँले हामी सबै हिराे भएकाे बताउनु भयाे ।  ‘हामी सबै जना हिराे हाैँ, हामी जन्मेकै हिरो बन्नको लागि हो ।’ उहाँले भन्नुभयाे।, ‘हरेका मानिस आफ्नो काममा हिरो हुन्छन् तर काम गर्न चाहिँ सक्नु पर्छ ।’

विनयजंगको लागि तस्बिर परिणाम

एक्सन फर सोसल चेन्जको कामदेखि एकदमै प्रभावित भएकाे र जहिले पनि आफू सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाइहरूले जे गर्नु भएको छ, एकदमै राम्रो गर्नुभएको छ । यो काम निरन्तर भइरहोस् । मैले के सहयोग गर्न सक्नु, मैले कहाँ के गर्न पर्छ ? तपाईँहरूको लागि सधैँ तत्पर छु ।’ २०७२ सालकाे भूकम्पछि आफूले पनि एक वर्ष वेवारिसे शवको व्यवस्थापन गरेको पनि सुनाउनु भयो ।आफ्नै सन्तानले गर्न नसक्ने काम  बस्नेतले गरिरहनु भएकाे थापाकाे भनाई छ ।

उहाँले हरेक क्षेत्रमा सबै जाग्ने बेला आएको बताउनुभयो । ‘गणतन्त्रमा पनि हामी कुन शासनमा छौँ ? कहाँ छौँ ? र आब पनि हामी जागेनौँ भने हामी धेरै वर्षपछि धकेलिने छौँ ।’  उहाँले भन्नु भयो । सामाजिक कुरीति बदल्न सबै लाग्नु पर्ने पनि बताउनु भयो ।

अर्को सन्दर्भमा थापाले ‘होचो पुड्का’हरूलाई सबैले माया गर्नुपर्ने बताउनुभयो । होचो पुड्कामा पनि अग्ला मान्छेहरूको भन्दा कम क्षमता नभएको भन्दै होचा पुड्काका लागि हरेका ठाउँबाट जागरुक भएर उठ्नु थापाले बताउनु भयो ।

आफू जस्तो भएपनि राम्रो भएको उहाँकाे भनाई । उनले भन्नुभयो, ‘आफू जस्तो छौँ त्यसैमा गर्व गर्नुपर्छ । हामी सबै मन्छे हौँ । उचाइ मोटाइ केहिले पनि फरक पर्दैन । सबै मन्छै एउटै हो फरक भनेको सोच मात्रै हो ।’ यो धर्तीमा जन्म लिनु नै सबै भन्दा ठूलो कुरा भएको बताउनुभयो ।

उहाँले डर बोकेर बाच्नु सबै भन्दा ठूलो कम्जोरी भएको पनि बताउनुभयो । ‘हामी सबैमा डर छ, हिजोको डर, आजको डर, भोलिको डर, के हुन्छ भन्ने डर, कस्तो देखिन्छु भन्ने डर, के भन्ला भन्ने डर, वर्षैदेखि डर पालेर बाचेका छौँ, सबैको हुन्छ डर । सफल हुने भन्दा पनि असफल हुने डरले हामी बाचिरहेका छौँ ।’

राज्यले कसैलाई पनि नहेरेको उहाँले आरोप लगाउनुभयो । ‘राज्यले कसैलाई पनि हेरेको छैन । यहाँ दिनढहाडै बालीका बलात्कृत भइरहेकी छिन् । एउटा छोरी मान्छे सुरक्षित भएर बाहिर निस्कन सकेका छैनन् । हामीले कसको आशा गर्ने ? अहिले मलाई लाग्दैन हामीले राज्यबाट धेरै आशा गर्नु पर्छ भन्ने त्यसका लागि तपाई हामी एक हुनुपर्छ, सबै जागरुक भएर लाग्नु पर्छ, उहाँले भन्नुभयो  ।

समाजकाे कुरीति एक जनाले गरेर मात्रै गर्न नसकिने बताउनुभयो । ‘एउटा दियोले अर्को दियोलाई बाल्दै जानु पर्छ । एउटा दियोले सबै दियोलाई बाल्न सकिँदैन ।’ उहाँले भन्नुभयो, ‘म चाहन्छु यो देशमा छोरी भएर जन्मँदा गर्व गर्ने हुनुपर्छ । आधा जमिन ढाकेका दिदीबहिनी हामी कहाँ छौँ ?’

हरेका क्षेत्रमा एउटा महिला प्रमुख हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नारी सुन्दताको प्रतिक भएको पनि बताउनुभयो । हामी नारी भनेको सुन्दरताको प्रतीक हौँ, हामी जस्ताे छाैँ, त्यतिकै सुन्दर छौँ, हामी एउटा अन्तर्वार्ता दिनका लागि जानु पर्‍यो भने मेकअप गरेर चिटिक्क भएर जान्छौँ अनि हामीलाई नहेरेर कसलाई हेर्छ ?’ सबै नारीहरु जागरुक भए यहाँ नारी दबिएर, लाचार भएर बस्नु नपर्ने पनि बताउनुभयो ।

आफ्नो कामलाई सम्बन्धित निकायाले ध्यान नदिएको बस्नेतकाे आरोप 

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले आफ्नो कामलाई सम्बन्धित निकायाले ध्यान नदिएको आरोप लगाउनुभयो ।

ललितपुर महानगरपालीका मेयर चिरीबाबु मर्हजनले सगरमाथा चढ्नेहरुको लागि ३० लाख बजेट छुट्यउनु भएकोमा आक्रोश पनि पोख्नु भयो । उहाँले नगरपालीकामा सडक, ढल, खानेपानी जस्ता अपरिहार्य अलपत्र परिरहेके बेला नातावाद र कृपावादले सगरमाथा चढ्नको लागि ३० लाख छुट्याउन नहुने बताउँनु भयाे ।

महानगरले बेवारिसे शवको ससम्मान दाहसंस्कार गर्दै आएको आफ्नो संस्थालाई आश्वासन दिएपनि बेवास्ता गरेको उहाँको आरोप छ । बस्नेतले आफू पटक-पटक संस्थाको काम लिएर महानगर पुग्दा मेयरले भेट्ने समय समेत नदिएको गुनासो गर्नुभयो ।

उहाँले ‘समाजिक काम सबै एकै ठाँउ’ भन्ने नाराको साथ अघि बढीरहेको पनि सुनाउँनुभयो । नेपालकाे ७७ वटै जिल्लामा बेवारिसे ब्यवस्थापनकाे अनुमति पाइसकेकाले  आफ्नो जिम्मेवारी बढ्दै गएकाे बताउनुभयाे । उहाँले सबैलाई साथ सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।

बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रले हालसम्म देशभरका १८० भन्दा बढी बेवारिसे शवलाई दाहसंस्कार गरिसकेको छ । उपत्यकामा कोहि पनि बेवारिसे भएर सडकपेटीमा बस्न नपरोस भन्दै बेवारिसेहरुको लागि ‘बा-आमा’ घर निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको समेत अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा महिला  बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले बा आमा घरकाे उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नायिका थापालगायत हाेचाे पुड्काे सँघका बिशिष्ट ब्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.