नाबालिकालाई वेश्यावृती गर्न लगाउने एक महिला पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 17 | 06:37 pm 1325

काठमाडौं, साउन १ः काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको  आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु रहेकी छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो ।

ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लका अनुसार लिम्बुले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरी खाजा घरमै कोठा भाडामा लिएर नाबालिकालाई  वेश्यावृती गर्न बाध्य पारेकी थिईन् ।

लिम्बुले प्रति ग्राहक एक हजार लिने गरेको एसपी मल्लले जानकारी दिए । आफू रकम राखेर नाबालिकालाई खान मात्रै दिने र जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य पारेको अनुसन्धानमा खुलेको एसपी मल्लले बताए ।

उनका अनुसार बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्राशमा पारी बन्धक बनाइ राखेको अवस्था प्रहरीले फेला पारेर जेठ १३ गते ती नाबालिकाहरुको प्रहरीले उद्धार गरेको थियो । लिम्बुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार पाँच दिनको म्याद थप लिई कारबाही भइरहेको  एसपी मल्लले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.