कालिकाेट, भदाै १४ः आइतबार बिहान कर्णाली राजमार्ग अन्तरगत मुगु र कालिकाेटकाे सिमानामा पर्ने कालिकाेटकाे तिलागुफा नगरपालिका वडा नं १ काे नाग्म बजारमा पहिराे खस्दा चारवटा घर पुरिएकाे छ।
बिहानकाे समय भएकाले घरभित्र कम्तिमा पनि दशजना मानिस पुरिएकाे हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । साे क्षेत्रमा सञ्चारकाे कुनै पनि सेवा र सुविधा नभएकाले जिल्ला प्रशासन कार्यालय कालिकाेट र नजिकै पर्ने जुम्लामा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धा गर्न ढिलाइ भईरहेकाे बताइएकाे छ ।
कर्णाली राजमार्गकै किनारका घरहरुमाथि पहिराे खसेकाले अहिले राजमार्ग पूर्ण रुपमा बन्द भएकाे छ । भत्केका घरभित्रबाट आवाज आइरहेकाे सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टाेली पुग्न सके केही व्यक्तिलाइ जीवितै उद्धार गर्न सकिने सम्भावना रहेकाे स्थानीय मुनि बुढाले बताएका छन् ।
भिरालाे जमिनमा रहेकाे बस्तीका घरहरूकाे सिरानमा जथाभावी पानी छाेडेकाले पहिराे गएकाे स्थानीयले बताएका छन् ।