काठमाडौं- माइतिघर मण्डलामा बिहीबार गरिएको नागरिक समाजको पदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
प्रदर्शनका क्रममा नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवाली, चरण प्रसाँइ, इन्द्रबहादुर अर्याल, सुरेन्द्र भण्डारी, उद्धव प्याकुरेल, लोकेन्द्र पोख्रेल, लोकराज अवस्थी, विश्व दुवाल, जयराम दाहाल, सागर अधिकारी, लोकतन्त्र पोख्रेल लगायत एक दर्जनभन्दा बढीलार्इ प्रहरीले पक्राउ गरेको जनाइएको छ।
गंगामाया र डा. गोविन्द के.सि को जिवनरक्षा तथा सरकरी गैह्र-संवैधानिक निषेधाज्ञाको बिरोधमा नागरिक समाजले बिहीबार बिहान ९ .०० बजे माइतिघर मण्डलामा हुने विरोध प्रदर्शन गरेको थियो।
प्रहरीले प्रदर्शनकारीलार्इ मण्डला क्षेत्रभित्र प्रवेश गर्न नदिएपछि स्थिति तनावग्रस्त बनेको हो।
बुधबार नेपाल विद्यार्थी संघले पनि निषेधाज्ञाको विरोधमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो।



