काठमाडौं, असार ८ । नागढुङ्गा नाकाबाट भित्रिनै अवैध लागु औषध चेकजाँच गर्नका लागि खटाइएका प्रहरी नायव निरीक्षक मोहन गिरी, प्रहरी सहायक निरीक्षक विकास पौडेल र सहायक हवल्दार रविन बुढाथोकी दिइएको जिम्मेवारी भन्दा बाहिर गएर रकम उठाउने गरेको गुनासो रिपोर्ट नेपाललाई प्राप्त भएको छ ।
लागु औषध नियन्त्रण व्यूरोबाट खटीएका यी तिन प्रहरीको काम भारतीय नम्बर प्लेटका गाडीबाट रकम उठाउने भन्दा अरु हुन सकेको छैन् । नाकाबाट भित्रीने लागु औषधलाई भन्दा भारतीय नम्बर प्लेटका अग्ला ट्रकमा चढेर सई गिरीले ड्राइभरलाई तर्साएर एक हजार देखि माथी उठाउने गरेको बुझिएको छ । भारतीय ट्रकमा चढ्नलाई नागढुङ्गा प्रहरी र लागु औषध नियन्त्रण व्यूरोबाट गएको टोलीको हानथाप हेर्न लायकको हुन्छ ।
ट्रकमा मात्र नभएर भारतीय तिर्थयात्री आएका गाडीलाई समेत चेकजाँचको नाममा दुःख दिने गरीएको छ । भारतीय गाडीमा लागुऔषध आउने सूचना पाएको भन्दै सई गिरीको टोलीले नागढुङ्गा प्रहरीलाई चेकजाँच गर्न बाधा पुर्याउने गरेको पनि स्थानीयहरु बताउछन् ।