नागढुङ्गाबाट १० लाख ७१ हजार मूल्य बराबरको कपडा बरामद

रिपोर्ट नेपाल | 2019 Jun 22 | 12:28 pm 2097

काठमाडाैं, असार ७ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुईवटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए । “सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौँ,” उनले भने ।

प्रहरीले एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो । वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजश्व अनुसन्धान विभाग पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.