नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 14 | 07:03 pm 1965

काठमाडौँ,  मंसिर २८ : काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का विष्णु पाललाई लागुऔषध नाइट्रोभेट २८० थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना५च ६१२२ नं को बस जाँच गर्ने क्रममा झोलामा लुकाएको अवस्थामा लागुऔषध बरामद गरिएको हो ।

यस्तै काठमाडौँ महानगरपालिका–७ स्थित ओम अस्पताल अगाडिको सडक किनाराबाट सिन्धुली दुधौली नगरपालिका–९ का २१ वर्षीय अमन नायकलाई लागुऔषध डाइजेपाम ३५ एम्पुल, बुप्रेनोर्फिन ३५ एम्पुल र फेनागरन ३५ एम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.