नागढुंगा सिस्नेखोलासम्मको सुरुङमार्ग शिलान्यास आज

रिपोर्ट नेपाल | 2019 Oct 21 | 07:57 am 1458

काठमाडौं, कात्तिक ४:  नागढुंगा चन्द्रागिरी नपा–१ टुटेपाखा देखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सोमबार शिलान्यास गरिँने भएको छ ।

सडकतर्फ पहिलोपटक निर्माण हुन गइरहेको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सडक विभागले जानकारी दिए। सुरुङमार्ग निर्माणका लागि असोज ६ मा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो।

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो। ठेकेदार कम्पनी एक महिना नपुग्दै सुरुङमार्ग निर्माण गर्न तयार भएपछि शिलान्यास गरिन लागेको विभागले जनाएको छ।

विभागका विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरणसहित काम गर्न जापानीज टोली तयार भएको बताए।

उक्त सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड (एनएटिएम) प्रविधबाट निर्माण हुनेछ। सुरुमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने चर्चा गरिए पनि सुरुङमार्गको दूरी छोटो भएका कारण एनएटिएम प्रविधि प्रयोग गरिन थालिएको हो। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.