नागढुंगाबाट ६ किलोग्राम सुनसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 02 | 07:10 am 3503

काठमाडौं, असार १८: महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा आइतबार बेलुका ७ बजे एकजनालाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम नखुलाएको बताए। प्रहरीले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.