काठमाडौं, मंसिर १२ : प्रहरीले काठमाडौंको नागढुङगाबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । झापा कन्काई नगरपालिका– १६ का २२ वर्षीय राजु दाहाललाई नियन्त्रित लागूऔषध डाईजापाम ८० एम्पुल, नोर्फिन ८० एम्पुल र फेनरागन ८० एम्पुलसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
झापा विर्तामोडबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९७३ नम्बर बसमा सवार उनलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो । दाहालबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।