नागढुंगाबाट तीन किलो सुनसहित भारतीय र नेपाली नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 30 | 04:43 pm 3639

काठमाडौँ, असार १६: काठमाडौंको नागढुंगाबाट तीन किलो सुनसहित एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौंबाट मेहेन्द्रनगर हुँदै भारत जान लागेको युके ०२४६८४ नम्बरको कारबाट उक्त सुनसहित दुईजना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा महेन्द्रनगर घरभएका ३० वर्षीय मनोज विक र भारत घर भएका दीपक कुमार मौडे रहेका छन् । उनीहरुलार्इ शनिबार बिहान करिव साढे ११ बजे थानकोटमा सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरु तीनदिनअघि नेपाल आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.