सिरहा, असार १७ः नहरमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी पोष्ट माडर, सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान २३ वर्षीय मनोहरकुमार यादव रहेका छन् ।
उनको सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रनाउ विनोद घिमिरेका अनुसार उनी महोत्तरी सोनबा गाउँपालिका–३ निवासी रहेको बताए ।
यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको बताए ।
घिमिरेका अनुसार घटना बारे थप अनुसन्धान भईरहेको बुझिएको छ ।