नहरको ड्याममा डुबेर एक वृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 07 | 06:28 pm 1632

भद्रपुर, वैशाख २४ : नहरको ड्याममा डुबेरमा मंगलबार झापामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका ४ बस्ने ७० वर्षीया दीपामाया गौतम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार कनकाई सिंचाइ आयोजनाअन्तर्गत शिवसताक्षी नगरपालिका १० स्थित दोमुखा नजिकैको नहरको ड्याममा डुबेर वृद्धाको मृत्यु भएको हो। कसरी डुबेर मृत्यु भएको कारण भएन खुलेकोे छैन।

शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.