नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेलाडीको मृत्यु

रिपोर्ट नेपाल | 2022 Oct 16 | 02:05 pm 2269

कास्की, असाेज ३०ः नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर एकजना खेलाडीको मृत्यु भएको छ ।

त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङको क्रसकन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका निसिम थापाको दुर्घटनामा परि मृत्यु भएको हो ।

कास्की घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत्यु भएको घोषणा गरेको थियो । साभार नेपाल समाचारपत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.