बारा, माघ ५ : बाराको पहिलो दैनिक पत्रिका कृपा दैनिक पत्रिकाद्धारा संस्थापना भएको नवजान कल्याण कोषले एक समारोह बिच निजगढ नगरपालिकाको वडा नम्बर १० लाल स्थित रहेको हाम्रो मामा घरका एक अनाथ बालकलाई छात्रवृति स्वरुप रकम वितरण गरेको छ ।
रेडियो निजगढ एफएमको सभा हलमा भएको कार्यक्रममा कृपा दैनिकद्धारा संस्थापित गरीएको जवजान कल्याण कोषले बालकलाई छात्रवृति वापतको रकम हस्तान्तरण गरीएको छ ।

तथ्याङ्क मन्त्राल्य विभाग लल्डनको प्रमुख सुन्दिप पटेलले बेलायतमा बसोबार गरेका कुन्दन कुमार उपाध्यायको पलहमा बालकलाई पढनको लागि सम्पूर्ण खर्च तिर्ने व्यवस्थापन गरेका बारे नवजान कल्याण कोषका संरक्षण नवराज उपाध्यायले जानकारी दिए ।
निजगढ–१० लालमा सञ्चालित हाम्रो मामा घरमा अध्ययनरत बालक प्रतिकलाई बेलायतमा बस्दै आएका पटेलले स्कुल देखि उच्च अध्ययन गर्नको लागि लाग्ने खर्च कल्याण कोषका सदस्य कमल कुमार उपाध्याय मार्फत सहयोग गरेका छन् ।
पटेलले बाराको नवजान कल्याण कोषको पहलमा सहयोग हस्तान्तरण गरिएको हो । शनिबार रेडियो निजगढमा आयोजित कार्यक्रममा कोषका सदस्य कमल कुमार उपाध्यायले हाम्रो मामाघरका अध्यक्ष उदयराज अधिकारीलाई नगद रकम हस्तान्तरण गरेका थिए ।
कोषका अध्यक्ष तथा काब्य पब्लिकेशन एण्ड एजेन्सीका सदस्य सबिता चालिसे उपाध्यायका अनुसार अबको हरेक महिना प्रतिकको लागि पठनपाठनमा लाग्ने खर्च प्रतिककै खातामा पठाईदिने बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल, नेपाल पत्रकार महासंघ २ नं. प्रदेश कमिटि सदस्य जीतलाल श्रेष्ठ, कोषका सदस्य कमल कुमार उपाध्याय लगायतले सम्बोधन गरेका थिए ।
कोषका सदस्य गोकुल घोरासाईनेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार पुष्पराज खतिवडाले गरेका थिए । कार्यक्रममा वडा नम्बर–७ का अध्यक्ष रामजी प्रसाद बजगाई, कार्यपालिका सदस्य पवन विक, नेपाल पत्रकार महासंघ बाराका सहसचिव महेश्वर अधिकारी, प्रेस संगठन बाराका दिवाकर भण्डारी, शसस्त्र प्रहरी नायव उपरीक्षक भरत बस्नेत, रेडियो निजगढका प्रवन्धक शान्तकुमार सापकोटा, रेडियो मध्यतराईका प्रवन्ध निर्देशक उमेश सुनारलगायतको उपस्थिति रहेको थियो ।