नवजात शिशु मारेको अभियोगमा एक महिला पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 09 | 06:27 pm 1876

  • तुल मगर

संखुवासभा, मंसिर २३ : अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका वडा नम्बर ६ मयमकी ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आज आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो ।

उनका श्रीमानको डेढ वर्ष पहिले मृत्यु भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.