नलकटुवा पेस्तोलसहित लामा र अंसारी पक्राउ

| 2021 Aug 24 | 07:03 pm 1705

सर्लाही, भदौ ८ः अवैध हतियार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका ८ बस्ने २८ वर्षीय अरुण लामा र सोही ठाउँका २८ वर्षीय अगबर अंसारी रहेका छन् ।

उनीहरुलाई बरहथवा नगरपालिका ६ प्रहरी बिट नजिकैको चोकबाट गस्तीमा खटिगएको प्रहरी टोलिले नयाँरोडबाट बरहथवा बजार तर्फ आउदै गर्दा पक्राउ गरेको हो ।

BR30J-3080 नम्बरको सुजुकी रातो कालो मोटरसाइकललाई रोकी चेक जाँच गर्दा मोटर साईकलको बायाँ साईडको लेगार्डमा झुण्डयाएको हरियो रंगको कपडाको झोलामा लुकाई छिपाई ल्याएको नलकटुवा पेस्तोल १ थान र गोली ३ थान सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत  प्र.ना.उ. माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.