नर प्रसादले गरे सिद्धबाबालाई सहयोग

रिपोर्ट नेपाल | 2021 Nov 02 | 12:19 pm 3425

गुल्मी, कात्तिक १६ः सदरमुकाम तमघास निवासी समाजसेवी नर प्रसाद श्रेष्ठले आफ्ना स्वर्गीय पिता खड्क प्रसाद श्रेष्ठ र माता कृष्ण कुमारी श्रेष्ठको स्मृतीमा सिद्धबाबा माध्यमिक विद्यालयलाई एक लाख एक हजार एक सय एघार हस्तान्तरण गरेका छन् ।

No description available.

रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व संचालक समेत रहेका श्रेष्ठले जन्मभूमि चारपालामा रहेको ईश्वरी माध्यमिक विद्यालयलाई समेत पटक पटक सहयोग गरेका छन् ।

शिक्षा बिना विकास असम्भव भएको भन्दै गुल्मीको शिक्षाको शिक्षाको विकासका लागि श्रेष्ठले अतुलनीय कार्य गरेका छन् । तमघास स्थित विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गरेका श्रेष्ठ सिद्धबाबा माध्यमिक विद्यालयका विशिष्ट आजिवन सदस्य हुन् ।

किरण पुस्तकालय देखि अर्जुना आवासीय माध्यमिक विद्यालय हुँदै महेन्द्र माध्यमिक विद्यालयको समेत श्रेष्ठले अध्यक्षका रुपमा कार्य गरिसकेका छन् ।

आफ्नो निजी कामलाई भन्दा सामाजिक कामलाई बढी मान्यता दिने श्रेष्ठले पछिल्लो समय सिद्धबाबा माध्यमिक विद्यालयमा अक्षयकोष राखेर प्रशंसनीय कार्य गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.